हिमाल दैनिक
प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागुऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update