वडा कार्यालयमा आगजनीको आरोपमा एक पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामानका साथै कागजातसमेत नष्ट भएको वडा अध्यक्ष बोधराज देवकोटाले जानकारी दिए। गएराति करिब १ बजे वडा कार्यालयमा आगजनी भएको थियो ।रासस
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय