दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ ।रासस
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय