हिमाल दैनिक
जनकपुर डुवानमा,जनजीवन कष्टकर
66451240_3380680465291419_5577433565534093312_n
अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ । राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा चार फिटसम्म पानी जमेको र कागजात क्षति पु¥याउनुका साथै समाचार सप्रेषणमा समस्या उत्पन्न भएको छ । वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ । रासस
प्रकाशित मिति: बुधबार, असार २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update