हिमाल दैनिक
विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी
prabhatferi
एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्किएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको फोटोग्राफर सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए। सम्मानित व्यक्तित्व श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउन सचेतना अभिवृद्धिका साथै विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफू साइकलबाट नेपाल भ्रमणमा निस्केको बताए । कार्यक्रममा फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योेग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, फोटोग्राफर सङ्घ गण्डकीका महासचिव तुलसीराम सुवेदी लगायतले फोटोग्राफी दिवसको महत्वबारे प्रकाश पारे ।रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update