स्थानीयद्वारा चावहिल–चुच्चेपाटी सडक अवरुद्ध
बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम समयमा नै नसकिएको भन्दै स्थानीयले मंगलबार चावहिल–चुच्चेपाटी सडक अवरुद्ध गरेका छन् ।
उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी सहित सडक अवरुद्ध पारेका हुन् । करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडक तत्काल मर्मत सुरु गर्नुपर्ने स्थानीयको भनाई छ ।
उनीहरुले यसअघि पनि पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन्। चाबहिल–बौद्ध सडकखण्डमा स्थानीय उत्रिएपछि मंगलबार करिब २ घण्टा यातायात प्रभावित भएको थियो। सरकारी निकायले एक महिनाभित्र बाटो पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएपछि स्थानीयले यातायात खुलाएका हुन् । उनीहरुले अव पनि सडक बनाउने काम सुरु नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
केही समयअघि स्थानीयको आन्दोलनकै कारण काम सुरु भएको थियो। त्यसयता कुनै पनि सडक निर्माण नभएको कारण देखाइ आन्दोलनमा उत्रेका थिए। पिच नगरेपछि ढल फुटेर बाहिर निस्कँदा यहाँका बासिन्दा हैरान भएका छन्। सडकको अवस्थामा कुनै सुधार नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए।


प्रकाशित मिति: शनिबार, साउन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय