बस दुर्घटनामा १३ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
[caption id="attachment_67917" align="alignleft" width="500"]
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका५ ढावमा आइतबार बिहान भएको बस दुर्घटना ।[/caption]
नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।रासस

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय