दयाशङ्कर पत्रकारिता सम्मान बाँस्तोलालाई

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५’ बाट पत्रकार रवीन्द्र बाँस्तोलालाई सम्मान गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्वारा स्थापित सो पत्रकारिता सम्मानको राशि रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला छ । यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशि रहेकामा यस वर्षबाट वृद्धि गरिएको छ ।
विगत २३ वर्षदेखि पत्रकारितामा क्रियाशील रही समाज रुपान्तरणमा योगदान पु¥याएबापत बाँस्तोलालाई आजको बैठकले सो सम्मान प्रदान गर्ने निर्णय गरेको महासङ्घका सचिव रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । बाँस्तोला पत्रकार महासङ्घ कास्की शाखाको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
विसं २०५४ मा पोखराबाट प्रकाशित आदर्श समाज दैनिकबाट पत्रकारितामा प्रवेश गर्नुभएका उहाँ हाल हिमदूत दैनिकको सम्पादक हुनुहुन्छ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही साउन २१ गते सम्मान समारोह आयोजना गरी बाँस्तोलालाई सम्मान गरिने महासङ्घले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय