हिमाल दैनिक
अन्ततः रवि र युवराजलाई धरौटी र अस्मितालाई साधारण तारेखमा छोड्न आदेश
rabilammichanre
पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युका विषयमा दुरुत्साहनको आरोपमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ। सोमबार भएको थुनछेकको बहस पश्चात जिल्ला अदालतलका न्यायाधीशले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। यसैबीच अदालतले रविलाई देश छाेडेर बाहिर जाँदा सरकारकाे अनुमति लिनु पर्ने तथा पुडासैनी प्रकरणाबारे कुनै पनि क्रिया, प्रतिक्रियाकाे कार्यक्रम बनाउन र प्रशारण नगर्न पनि आदेश दिएको छ। उनीहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मुद्दा र आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वयान र मुद्दा दायर गरेको थियो। रविको रिहाइको माग गर्दै ठूलो संख्यामा सर्वसाधारण नागरिक चितवनमा ओइरिएपछि प्रशासनले निशेधाज्ञा जारी गरेको थियो। https://himaldainik.com/2019/08/25/70699/
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update