युवकको शव फेला
नुवाकोटको तादी गाउँपालिका–३ स्थित भोर्लेमा एक युवकको आज शव भेटिएको छ । वडा नं २ बाह्रबिसेका २६ वर्षीय विजय कट्टेलको शव फेला परेको हो ।
कट्टेल गाईजात्रा हेर्न भनी आफ्नो घरबाट शुक्रबार घरदेखि हिँडेका थिए । कट्टेल गाडीमा सहचालकको काम गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार शव भोर्लेस्थित सडकको पाँच मिटर पर धान खेतमा फेला परेको थियो । शवपरीक्षण गर्न शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय