हिमाल दैनिक
प्रहरीले आज अर्काकाे नाममा लाइसेन्सका लागि ट्रायल दिने नक्कली परीक्षार्थीलाइ प्रहरी पक्राउ गरेकाे छ। ललितपुरको यातायात कार्यलयले संचालन गरेको ट्रायल परिक्षाबाट प्रहरीले एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई पक्राउ गरेको प्रहरी ले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update