हिमाल दैनिक
गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने
गुंला पर्वका
विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ । यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन् । यो पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ । विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करीब दुई दशकपछि प्रयोगमा ल्याएको हो । यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा)समेत प्रयोगमा ल्याइने सञ्चारकर्मीसमेत रहेका मध्यपुरथिमिका स्थानीयवासी केके मानन्धरले बताए । [caption id="attachment_67775" align="alignnone" width="2048"] गुंला पर्वका अवसरमा एकाबिहानै न्यकू (सिंग) लगायत विभिन्न बाजागाजासहित मठमन्दिर चैत्य, गुम्बा परिक्रमा गर्दै भक्तजनहरु । तस्बिरः रत्न[/caption] “यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने तयारी छ”, उनले भने । मध्यपुरथिमिमा गुँलापर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ । साथै काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँलापर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । धाःबाजा, बाँसुरी, धिमेबाजा, भुस्याबाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायतका देवी–देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बीबाहेकका समुदायसमेत गुँलापर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् । [caption id="attachment_67776" align="alignnone" width="1920"] गुंला पर्वका अवसरमा एकाबिहानै न्यकू (सिंग) लगायत विभिन्न बाजागाजासहित मठमन्दिर चैत्य, गुम्बा परिक्रमा गर्दै भक्तजनहरु । तस्बिरः रत्न[/caption] यस वर्ष गुँलापर्वको अवसरमा मध्यपुरथिमिमा वाचुनानीबाट गुँलाबाजा निकालिने भएको छ । मध्यपुरथिमि–५ स्थित वाचुनानीका स्थानीयवासीले मध्यपुर गुँलाबाजा व्यवस्थापन समिति गठन गरी गुँलाबाजा निकालेको हो । समितिका अनुसार यस वर्ष साउन २० गते नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० गते जनै पूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्ण मन्दिर र बालकुमारी मन्दिर, साउन ३१ गते शुक्रबार गाईजात्राको दिन मध्यपुरथिमि नगरपरिक्रमा, भदौ ६ गते कृष्णाष्टमीको दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाँकाल, भदौ ११ गते जुह्रेचह्रेको दिन सूर्यविनायक गणेश मन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ गते बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिनेछ । रासस
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update