हिमाल दैनिक
माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update