जावलाखेलको तरकारी बजारमा चल्यो डोजर

ललितपुरको जावलाखेलमा रहेको तरकारी बजारका घरटहरामा डोजर चलाइएको छ ।
टहरा भत्काउन शुक्रवार बिहान ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर आफैं पुगेका सो स्थानमा पुगेका थिए। तरकारी बजारका पसलले सार्वजनिक जग्गा २० वर्षदेखि उपभोग गर्दै आएका थिए। उक्त क्षेत्रमा तरकारी, फलफूल र खाजा पसल सञ्चालनमा रहेका थिए ।
पाँचपटकको प्रयासपछि भत्काउन सफल भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई भोलि दिउँसो ४ बजेसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय