हिमाल दैनिक
रामबहादुर बम्जन फेरी तीन वर्षे ध्यानमा!
Bodhi
बोधि मार्ग दर्शन मैत्री धर्मकाे प्रतिपादन गरेको भन्दै आफूलाई महासम्बोधि धर्म संघ गुरु दाबी गर्ने रामबहादुर बम्जन तीन बर्षको लागि पुनः ध्यानमा बसेका छन। कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ। संघले बिहीवार पत्रकार सम्मेलन गर्दै विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको जनाएको छ । उक्त ध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले बताएको छ। कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई बम्जनले चालेको कदमबारे जानकारी दिए। उनले भने, ‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ। उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ।’ पहिलेपनि बम्जनले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरेका बताउँदै विश्व शान्तिको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि बबताए। केही समयअघि विभिन्न सञ्चारमाध्यमले बम्जनले धर्म गुरुको नाममा अनेकन वैद्य/अवैद्य कार्य गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनको विषयमा प्रहरीले छानविन सुरु गरेको बताइएको थियो। तर, उक्त विषयमा राज्यको तर्फबाट कुनै जानकारी नआएकोबेला एकाएक बम्जनका अनुयायीहरुले उनको ध्यान केन्द्र र स्वयं उनलाई सुरक्षाको माग गरेका छन्।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update