हिमाल दैनिक
चैतन्य मिश्रको लोकतन्त्र र आजको माक्र्सवाद बजारमा
Chaitanya
समाजशास्त्री प्राध्यापक डाक्टर चैतन्य मिश्रको गैर–आख्यान पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक बजारमा आउको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको डववलीमा नेपाली काग्रेसका नेता एवं समाजवादी विश्लेषक प्रदीप गिरिसहितको टोलीले उक्त पुस्तक लोकार्पण गरे। नेपालको विगत, वर्तमान समाज, अर्थतन्त्र, राजनीति, विकासबारेको खोजी लगाएका बिषयहरुलाई पुस्तकमा समेटिएको छ। लोकतन्त्रको जरोको रेखाङ्कन, माओवादी राजनीति र ‘जनयुद्ध, दलतन्त्र, सामाजिक लोकतन्त्र र सामाजिक लोकतन्त्रकै पक्षपोषण गर्ने व्रmममा समेत माक्र्सवादी, सोभियत संघ, चिनियाँलगायत अन्य केही खाले ’समाजवाद’ र साम्यवादको खण्डनको प्रयास पनि पुस्तकमा छ। समाजशास्त्र मात्रै नभई यसैसँग जोडिने राजनीति र अर्थनीतिबारे उनले पछिल्लो एक–डेढ दशकमा गरेका बहसका अंशहरूलाई पुस्तकमा समावेश गरिएको छ। वामपन्थी विचारका लेखक राजेन्द्र महर्जनले सम्पादन गरेको पुस्तक बुक हिलले प्रशासन गरेको हो।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update