सिनामंगल दुर्घटना: टिपर चालकलाई कारवाहीको माग

काठमाडौँको सिनामंगलमा आइतबार राती भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीलाई कारवाहीको माग गर्दै मंगलबार महानगरिय प्रहरी बृत गौशालामा नारावाजी गरेका छन् ।
आइतबार राती सिनामंगलस्थित कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले तीनवटा मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मत्यु भएको थियो । मृतक बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटेका आफन्तजनले ट्रिपर चालकलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने भन्दै नारावाजी गरेका हुन् । उनीहरुले वार्ताका नाममा आफुहरुलाई अल्झाएको आरोप समेत लगाएका छन् ।
टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको थियो । पासाङ भोटेको मृत्यु हुनका साथै बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय