हिमाल दैनिक
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको बयान सकिएको छ। आइतवार सरकारी वकिलकोे कार्यालयले अदालतमामा मुद्धा दर्ता गराएपछि हिजैबाट सुरु भएको बयान सोमबार अपरान्ह सकिएको हो। आइतवार अस्मिका कार्कीको बयान लिइएको थियो। आज भने अदालतले सुरुमा युवराज कँडेल र त्यसपछि रवि लामिछानेको बयान लिएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरुको बयान लिएको थियो। १० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान पूरा गरी उनीहरुलाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने कसुर र आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर गरेको गरेको थियो। बयान सकिएसँगै आजै थुनछेक बहस हुनेछ। बहसपछि अदालतले साधारण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने छ। मुलुकी संहितामा आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या गर्न दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसै प्रकारका अन्य ६ वटा मुद्दा चितवन अदालतमा दर्ता भइसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update