हिमाल दैनिक
शालिकराम पुडासैनीको रहस्यमय मृत्युको विषयमा दुरुत्साहनको आरोप लागेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीको जिम्मा लगाएको छ। को बयान लिने कार्य समय अभावले हुन नसकेपछि उनीसहित तीन जनालाई चितवन जिल्ला प्रहरीकै जिम्मा लगाइएको छ। चितवन जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुडासैनीको आत्महत्यामा दुरुत्साहनको आरोप लगाउँदै आइतबार दायर मुद्दाको विषयमा आज अस्मिता कार्कीको बयान लिने कार्य सकिएपनि थुनछेकको बहस सुरु हुन सकेन। चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरिका अनुसार, आज कार्कीको बयान लिने कार्य सकिएको र अन्य दुई प्रतिवादीहरु रवि लामिछाने र युवराज कँडेलको वयान लिने कार्य नसकिएकोले उनीहरुलाई प्रहरी हिरासतमै पठाइएको हो। सोमबार बिहान कार्यालय खुलेपछि लामिछाने र कँडेलको पनि बयान लिएर त्यसपछि न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेकको बहस सुरु हुने छ। साउन तेस्रो साता चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीकोे मृत्यु अगाडि रेकर्ड गरिएको भनिएको भिडियोको आधारमा प्रहरीले लामिछाने, कार्की र कँडेललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८५ अन्तर्गत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा साउन ३० गतेदेखि प्रहरी हिरासतमा राखेर वयान लिने कार्य भइरहेको थियो। दुई पटक अदालतले पाँच पाँच दिनको थुनामा राखेर वयान लिन प्रहरीलाई दिएको आदेश अनुसार त्यो समयसीमा आजैदेखि सकिएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले उक्त ऐनको दफा १७७ र १८५ वमाेजिम अभियाेग पत्र दायर गरेकाे छ। दफा १७७ अनुसार, कसैले कसैकाे नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरेमा जन्मकैदकाे सजाय हुने छ भने १८५ को प्रावधान अनुसार निजहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोप लगाउँदै कानून बमोजिम हदैसम्मको दण्ड र जरिवानाको मागसहितको मुद्दा दायर भएको छ। उक्त ऐनको व्यवस्था बमोजिम लामिछानेसहित आरोेपित प्रतिवादीहरु दोषी ठहर भएमा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान रहको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update