हिमाल दैनिक
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स गाडीको शोरुममा आगलागी भएको छ । आगलागीबाट शोरुमका पाँच वटा नयाँ गाडी र एउटा पुरानो मोटरसाइकल जलेको छ । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । वारुणयन्त्रको सहयोगमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । मर्मतका लागि ल्याइएको सशस्त्र प्रहरीको एम्बुलेन्समा रहेको अक्सिजन लिक भएर वेल्डिङको काम भइरहेको अर्कोे गाडीमा झिल्कोले टिपेपछि आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update