हिमाल दैनिक
राष्ट्रिय योजना आयोगका एक कर्मचारी आज कार्यालयभित्रै मृत भेटिएका छन् । झण्डै आठ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलमा आज मृत भेटिएका हुन् । प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । केसी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी हुन् । घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेला परेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिए। प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’ समेत फेला परेकाले घटनाको अनुसन्धान भइरहेको छ । आयोगका प्रवक्ता डा किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उहाँलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको जानकारी दिँदै मिजासिलो मान्छेको सोच्नै नसकिने गरी घटना भएकोमा आश्चर्य लागेको बताए ।रासस
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update