हिमाल दैनिक
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तीनैजनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन लगिएको थियो । अदालतले बिहीबारैदेखि लागू हुनेगरी पाँच दिनको अवधि दिएको हो । पुडासैनीको शव चितवनको कंगारु होटलमा यही साउन २० गते झुन्डिएको अवस्थामा फेलापरेको थियो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि ‘रेकर्ड’ गरेको भनिएको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको उल्लेख रहेको जनाइएको छ । लामिछानेलाई अदालत लगिदा समर्थकहरुले भने उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update