हिमाल दैनिक
पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको  मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए। पुलमा  थप क्षति नपुगे काम शुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताउनुभयो। पुलबाट गाडी गुडाउदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उनले बताए। पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताए। सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रुपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि आज दुईतर्फी रुपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ। इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने कामसमेत गरिने छ । आज र भोलि डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारबाट पुल मर्मतको काम शुरु गरिने उनले बताए। पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इञ्जिनीयर सुवेदीले बताए। अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो। अरुणखोला पुल भाँचिएपछि अहिले सो क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौ लाग्ने गरेको छ। डाइभर्सनको दुवैतर्फ झण्डै पाँच/पाँच किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए। आज डाइभर्सनलाई दुईतर्फि बनाउन लाग्दा यातायात धेरै रोकिएको उनले बताए। सवारीको अव्यवस्थित लाइन लागेकाले अहिले अरुणखोलाको भिड छिचोल्न सवारीलाई झण्डै तीन चार घण्टा लाग्ने अवस्था रहेको उनले बताए। रासस
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update