पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणमा रवि लामिछाने पक्राउ
न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रोस्तोता रवि लामिछाने तथा सञ्चारकर्मी युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका उनलाइ चितवन र काठमाडाैं प्रहरीको संयुक्त टोलीले लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो।
रवि लामिछानेलाई बिहीबार नै घटनास्थल चितवनतर्फ लगिने भएको छ।
अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पत्रकार लामिछानेलाई उनको न्युज ट्वेन्टी फोरस्थित कार्यालयबाट बिहीबार नै समातेको हो। चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनलाई समातेको हो। लामिछानेको टोलीले प्रहरीको भिडियो पनि खिचेको थियो।
चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार लामिछाने बिहीबार पक्राउ परेका हुन्।
पुडासैनीले आत्महत्याअघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन्। पुडासैनीले पोलेका नर्स अस्मिता कार्की र पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्। कार्की र कँडेललाई चितवनतर्फ लगिसकिएको छ।
पुडासैनीको आत्महत्याअघिको भिडियो सार्वजनिक भएपछि प्रहरीले यसबिरुद्ध कारबाही सुरु गरेको हो।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेलसँगै अस्मिता कार्की अनुसन्धान घेरामा थिए।
मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का दुई सञ्चारकर्मीसहित ती युवतीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख गरेका छन्। यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय