हिमाल दैनिक
नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिमका उत्कृष्ट बलर लामिछानेले मंगलबार बिहान नेपालस्थित अमेरिकी राजदूतावासमा भिसाका लागि गएकोमा दूतावासले भिसा दिन अस्वीकार गरेपछि आश्चर्य प्रकट गरेका छन्। https://twitter.com/IamSandeep25/status/1161141233378398210 अन्तराष्ट्रिय स्तरका खेलहरुमा समेत भाग लिएर नाम कमाएका लामिछानेले आफू अमेरिकामा हुने सिपीएल २०१९ मा भाग लिनका लागि भिसा आवेदन दिएकोमा आफू जस्तो राष्ट्रिय टोलीमा सन २०१६ देखि विश्वका विभिन्न भागमा खेल खेल्दै आएको व्यक्तिलाई समेत भिसा दिन अस्वीकार गरेकोमा आश्चर्य प्रकट गर्दै नेपाल सरकार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। आफ्नो ट्वीटरमा लामिछानेले आफूले सबै आवश्यक कागजात बुझाउँदा पनि दूतावासले भिसा नदिएकोमा अचम्मित भएर केही बोल्न नसक्ने अवस्थामा पुगेको पनि बताएका छन्। साथै उनले यो घटनाले आफूलाई सिपीएलमा भाग लिन जान कठिनाई भएको बताएका छन्।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update