हिमाल दैनिक
डेजाभु क्लब सञ्चालक मनोज श्रेष्ठ करोड धरौटीमा रिहा, छुलेलगत्तै फेरि पक्राउ
d72c5e5d-9086-328d-b1cf-b0be1fcdbd5b_1564483097
काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुका सञ्चालक मनोज श्रेष्ठ बैकिङ कसुरमा एक करोड धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परेका छन्। बैकिङ कसुरमा केही दिनअघि विमानस्थलबाट पक्राउ परेका श्रेष्ठ बिहीबार एक करोड रूपैया धरौटी बुझाएर छुटेका थिए। छुटे लगत्तै श्रेष्ठलाई प्रहरीले साढे ३ करोड रूपैयाँ ठगीको आरोपमा फेरि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए। पक्राउ गरिएका श्रेष्ठलाई प्रहरीले ठगीमा म्याद थपगरि आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता बोगटीले बताए।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update