दुईघण्टापछि सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा

बुधबार दिउँसो करिब पौने १ बजेतिर काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा लागेको आगो करिव दुईघण्टापछि नियन्त्रणमा आएको थियो । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको थियो । सशस्त्र प्रहरीका एसपी विश्वेश्वर थापाले आगलागीको खवर पाउने बितिकै एयरपोर्टको फर्मसहितको दमकल ल्याएको र आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए ।
त्यस्तै सुविसुका अध्यक्ष सुधिर पराजुलीले क्षतीको पूर्णविवरण आउन केहि दिन लाग्ने बताए । आगालागीपछि ७० प्रतिशत ग्राहकको सेवा सुचारु गरिसकेको र बाकी ३० प्रतिशत ग्राहकको सेवा भोलीसम्ममा सुचारु हुने उनले जानकारी दिए ।
उनल आगलागीको कारणका बारेमा अध्ययन गरिने बताए । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि आगलागी नियन्त्रणपछि यातायात सुचारु गराइएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय