उपसभापति निधिले सिंहलाई भेटेर गरे स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्।
‘प्रोस्टेट’मा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल भर्ना भएका सिंहलाई मंगलबार दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेको निधिको निजी सचिवालयले जनाएको छ।
अस्पतालको ५२७ नम्बर बेडमा सिंहको उपचार भइरहेको छ । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिका साथै पारिवारिक सम्बन्ध घनिष्ठ रहेको छ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय