हिमाल दैनिक
मेलम्ची खानेपानीको पाइपमा अड्किएर दुईको मृत्यु
kulekhani
काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । बालाजुमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा शुक्रबार बिहान दुईजना मजदुरलको मृत्यु भएको हो । काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । घटनामा सप्तरीको कनकपट्टीका सुरेश साह र शिवकान्त साह दाजुभाइको मृत्युभएको एसपी सिंहको भनाई छ । पुरिएको मेलम्चीको पाइप सफा गर्न बालाजु चोकबाट पस्ने क्रममा दुवैजना अड्किएको उनको भनाई छ । पाइप सफा गर्न छिरेका दुवै दाजुभाइ बाहिर ननिस्किएपछि डोजर प्रयोग गरेर बेहोस अवस्थामा निकालिएका उनीहरुलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुवैको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। साथै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update