सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरी क्रियाशील

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा र लागू औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक खनालले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा २÷२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गर्नुका साथै लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको व्यवस्था गर्ने जानकारी दिए।
उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ दिन नागरिक समाजका अगुवाहरुलाई आग्रह समेत गरे । महानिरीक्षक खनालले लागू औषधको दूव्र्यसनीका कारण सडक दुर्घटना बढ्दै गइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न प्रहरीहरुलाई निर्देशन दिए।
त्यस्तै उनले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै दाबी गर्दै सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने उल्लेख गरे ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय