हिमाल दैनिक
ढुंगानाको अध्यक्षतामा आर्थिक पत्रकार संघको प्रदेश कमिटी गठन
NAFIJ(1)
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ३ नम्बर प्रदेश कमिटी गठन भएकोे छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो। अध्यक्षमा निर्वाचित ढुंगानाको नेतृत्वमा गठित कमिटीको उपाध्यक्षमा सुधीर भण्डारी र सुधा देवकोटा निर्वाचित भएका छन्। यसैगरी संघको सचिवमा तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका बस्नेत निर्वाचित भएका छन् भने संघको कोषाध्यक्ष पुजा चँदरा र सहकोषाध्यक्षमा राजाराम न्यौपाने निर्वाचित भएका छन्। संघको सदस्यहरुमा खेमराज श्रेष्ठ (अमिर), दीलु कार्की, सुरञ्जन घिमिरे, शिव धिताल, परिवर्तन देवकोटा, दीपेश घिमिरे, अरुण पाख्रिन, सीता श्रेष्ठ र कमला भुसाल चयन भएका छन्। भेलाले चार सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ। सल्लाहकारहरुमा भक्तराज रसाईली,, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका छन्। सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update