ठेकेदारको लापरबाहीले सिंहदरबारको पर्खाल ढल्यो

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल शुक्रबार भत्किँदा एक जना सर्वसाधारण घाइते भएका छन्।
प्रधानमन्त्री कार्यालयभन्दा करिब डेढसय मिटर पूर्वपट्टि रहेको सिंहदरबारको पर्खाल शुक्रबार अविरल वर्षातको कारणले भत्किएको नभई सरकारी योजना अनुसार नयाँ संसद भवन निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीले भत्किएको हो।
विगत केही महिनादेखि पुतली बगैँचामा भवन निर्माण कार्यका लागि खनिएको खाडलको माटो पूर्वपट्टीको पर्खालमा आड लगाएर थुपारिएकोमा गत तीन दिनदेखि परेको अविरल वर्षाले माटो भिजेर भारी भएपछि त्यहि माटोले पर्खाल ढालाएको हो।
जसको कारण माटोसहित ढलेको पर्खालका इटा र हिलोले अनामनगर सडकको पेटी पुरिएर पैदल यात्रुका साथै सवारी साधान आवतजावतमा समेत समस्या भएको छ।
यदि ठेकेदारले उक्त स्थानमा भौतिक संरचना निर्माणका लागि एक्साभेटरको सहायताले खनेको माटोको थुप्रो पर्खालभन्दा पर राख्ने अथवा त्यसको उचित व्यवस्थापन गरेको भए वर्षातको पानीले भिजेपछि त्यसको चापले पर्खालमा धक्का नपुग्ने र पर्खाल पनि नभत्किने कामदारहरु नै बताउाछन्।
महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय