काठमाडौंको मुलपानीमा पर्खाल भत्किँदा तीन जनाको निधन
काठमाडौंको मुलपानीमा पर्खाल भत्किँदा तीन जनाको निधन भएको छ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार, अविरल वर्षाको कारण मुलपानीमा पर्खाल भत्किएर शुक्रबार अपरान्ह तीन जनाको पुरिएर निधन भएको हो।
कमजोर संरचना र अग्ला पर्खाहरु वर्षातको समयमा जोखिमपूर्ण बनेको केन्द्रले बताएको छ।
मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको राससले जनाएको छ।
उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो।

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय