हिमाल दैनिक
यति एयरको जहाज धावनमार्गबाट चिप्लिँदा २ यात्रु गम्भिर घाइते
D_QH1EwUEAAqpgJ
यति एयरलाइन्सको ७२- ५०० कलसाइनको जहाज गम्भिर दुर्घटना हुनबाट जोगिएको छ। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज धानवमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको थियो। त्रिभुवन विमानस्थलस्थित सुरक्षा अधिकारीका अनुसार, नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यति एयरलायन्सको विमान अवतरणका क्रममा एक्कासी धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको थियो। कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको थियो। विमानका यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइसकिएको छ। अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ। विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । जसका कारण आकाशमा ४ वटा अन्तर्राष्ट्रिय विमानहरु होल्डमा छन्। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update