आमा प्रेममा बाधक बनेपछि छोरीले दिईन १२ लाखको सुपारी

आफ्नो प्रेममा बाधक बनेपछि एक छोरीले आफ्नी ६० वर्षीया आमाको हत्या गरेको खुलेको छ ।
आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीय सावित्री भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेको जनाएको हो ।
हत्या आरोपमा प्रहरीले इश्वरी, दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । पक्राउ पर्ने भारतीय नागरिकमा मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिस रहेका छन्। मोहम्मद नैसाफ र इश्वरीबीच प्रेम सम्बन्ध रहेको र आमा सावित्री बाधक बनेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले जानकारी दिए ।
छोरीले आमाको हत्याका लागि १२ लाख सुपारी दिएको र मोहम्मदले भारतबाट दुई जना झिकाएर हत्या गरेको प्रहरीले जनाएको छ।आइतबार बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी सावित्रीको हत्या गरेको थियो।
https://www.facebook.com/himaldainik/videos/408858296385718/
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय