हिमाल दैनिक
वायु प्रदूषण: अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
weather
शुक्रबार विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ । विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यूएयर डटकमका अनुसार शुक्रबार साँझको हावा विश्वकै सबैभन्दा दुषित भएको देखाएको छ । मध्यान्हदेखि शुरु भएको तुँवालोले अपरान्हतिर भने पूरै शहर ढाकेको थियो । बाक्लो तुँवालोका कारण आँखा पोल्ने र खोकी लाग्ने समस्या भएको छ । हावाको गुणस्तर नराम्रो भएको दोस्रो स्थानमा चीनको राजधानी बेइजिङ परेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ८३ रहँँदा तेस्रो स्थानमा भारतको मुम्बइको हावाको गुणस्तर १ सय ७४ छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् । उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भएपनि नजान भनेका छन् । “घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आवहन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update