हिमाल दैनिक
काठमाण्डौ आजपनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा
kathmandu-weather
नेपालमा वायु प्रदूषण फेरी बढेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढेको हो । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई मंगलबार बिहान ३ सयभन्दा माथि रहेको थियो । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ । काठमाण्डौ उपत्यका लगाए नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् । यसअघि देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गराएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update