हिमाल दैनिक
त्रिवि शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप
Teacher-hospital
काठमाडौंको शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले उद्घाटन गरे । धेरै चूनौतिका बाबवुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिए । बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केहि गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गरे । उनले आगामी दिनमा सरकारले प्रदान गर्ने सवै सेवाहरु अस्पतालले दिने जानकारी दिए । कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ वेड भनिएपनि १२ वेडका लागि मात्र बजेट आएकाले त्यहि अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिईन । उनले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिईन ।  
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update