ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ हो: जसपा सांसद लामा

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ रहेको बताएकी छिन्।
प्रदेश प्रमुख अगाडी धर्ना दिने क्रममा संचार मध्यमसंग कुरा गर्दै उनले यस्तो क्रियाकलापले ओलीको पार्टीलाई मात्र नभई पुरा व्यवस्थालाई नै धरापमा पर्न सक्ने बताउदै अन्तिमसम्म लड्ने बताइन। उनले यस्तो क्रियाकलाप संबिधान माथि प्रहर रहेको बताएकी छिन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार राजिव गुरुङले यस्तै हुन्छ अस्ति मन्त्री पदबाट राजिनामा दिएको बताएका छन् । अहिले प्रदेश प्रमुख निवास अगाडी बिपक्षी गठबन्धनको धर्ना जारी छ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय