कृष्ण थापालाई सांसद पदमुक्त गर्ने निर्णय सर्वाच्चद्वारा सदर
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद खारेज भएको छ।
सर्वाच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको हो । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई पार्टीले उनलाई कानुन बमोजिमनै कारबाही गरेको ठहर गरेको छ ।
यसअघि पनि थापालाई निलम्बित गरिएको थियो । पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत माग्दा पार्टीले बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। थापाले ह्विप उल्लङ्घन गरेपछि पार्टीले उनलाई कारबाही गरिएको थियो । त्यसबेला सर्बाेच्च अदालतले थापालाई सांसद पदमा पुनरवहाली गर्न अन्तरिम आदेश दिएकाे थियाे । तर, दोश्रो पटक पनि उनले पार्टीको ह्विपलाई बेवास्था गरि तटस्थ बसेपछि पार्टीले पुन: उनलाई कारबाही गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय