हिमाल दैनिक
नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ । नेता खनाललाई आज साढे १२ बजे जहाजमार्फत दिल्ली लैजान लागिएको उनको सचिवालयले जानकारी दिएका छ। उनको उपचार दिल्लीको अपोलो अस्पतालमा हुनेछ। यसअघि पनि उनि दिल्ली माघ ३० गते खनाल दिल्ली गएका थिए। त्यसबेला उनले नियमित स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए । पछिल्लो समय खनालको स्वास्थ्यमा केहि समस्या देखिएको छ । बैशाख १८ गते कोरोना पुष्टि भएपछि खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बैशाख २८ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनमा ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार फेरी अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update