सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्यो भन्दै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले गरे बैठक बहिस्कार

अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
आइतबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे । उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरि बजेट ल्याएको आरोप उनको छ ।
कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएकोे भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाए बजेट ल्याउनु दुखद भएको बताए । मनपरी बजेटको स्वामित्व आफुहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताए ।
उनले बजेटमा त्रुटिभएका ठाँउमा सच्चाएमात्र सहयोग गर्न सक्ने स्पष्ट पार्नुभयो । बिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्ण बहादुर घर्तिले बैठक स्थगीत गरे । लुम्विनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन्।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय