हिमाल दैनिक
राजावादी समूहले भन्यो: २०४७ सालकै संविधान लागू गरौँ
rajabadi-samuha
राजावादी समूहले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्र २०४७ सालकै संविधान व्युताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति जलाएका थिए । माइतीघरबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो । उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update