हिमाल दैनिक
अमेरिकामा ओमिक्रोनबाट एकको मृत्यु, राष्ट्रपति बाइडेनले आज सम्बोधन गर्ने
america
अमेरिकामा कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा एक ओमिक्रोन संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य बिभागका अनुसार संक्रमितले कुनै खोप लागेका थिएनन। उनको उमेर ५० -६० बीच रहेको बताइएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाको संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । राष्ट्रपति जो बाइडेनले तत्काल लकडाउन गर्ने तयारी गरेका छैन। तर, बढ्दो कोरोना संक्रमणका कारण राष्ट्रपति बाइडेनले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ । नोभेम्बरमा पहिलो पटक ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा देखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update