हिमाल दैनिक
ओमिक्रोनको कहरका कारण के शटडाउन होला त अमेरिका? के भन्छ बाइडेन प्रशासन?
america-lockdown
अमेरिकामा कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ। संक्रमण बढ्दै गएपनि राष्ट्रपति जो बाइडेनले अहिले कुनै शटडाउन गर्ने तयारी नगरेको स्पष्ट गरि सकेको छ । व्हाइट हाउसको प्रेस सचिव जेन साकीका अनुसार बढ्दो कोरोना संक्रमणका कारण राष्ट्रपति बाइडेनले आज देशवासीको नाममा सम्बोधन गर्दै कडा चेतावनी जारी गर्ने बताइएको छ । सचिव साकीका अनुसार राष्ट्रपति कोरोनाको नयाँ भेरीएन्ट प्रति निकै गम्भीर रहेको र सबैलाई खोप गाउन कडा निर्देशन दिने बताएका छन् । साकीका अनुसार राष्ट्रपति अहिले अमेरिका शटडाउन पक्षमा नरहेको बताएका छन् । अहिले खोपलाइ नै पहिलो प्राथमिकता दिईने साकीले बताए । त्यस्तै अब परिक्षण पनि बढाइने बताएइको छ । अहिलेसम्म कुनै पनि खोप नलगाएका लाई तत्काल खोप लगाउन आदेश दिने बताइएको छ । तीब्र रुपमा फैलिएको ओमिक्रोन भेरीएन्ट अमेरिकामा २ डिसेम्बरमा देखिएको थियो र अहिले ४७ राज्यमा फैलीसकेको छ । ओमिक्रोनको पहिलो लहर न्युयार्क र न्यु जर्सीमा देखिसकेको छ । केहि राज्यमा एकै दिन कोरोना संक्रमणको दर दोब्बर रुपमा बढेको छ । त्यस्तै, अमेरिकाको टेक्सासमा एक ओमिक्रोन संक्रमितको मृत्यु भईसकेको छ । मृत्यु हुने संक्रमित ५०-६० बर्षको रहेको र उनले कुनै पनि खोप नलगाएको बताइएको छ । एजेन्सीको सहयोगमा।  
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update