हिमाल दैनिक
भारतमा ओमिक्रोनको संक्रमण पाँच दिनमै ४ गुणाले बढ्यो
omicron-india
भारतमा कोरोनाको नयाँ भेरीएन्ट तीब्र रुपमा फैलिएको छ । भारतमा ५ दिनमा नै ओमिक्रोन संक्रमितको संख्या ४ गुणा बढेर गएको छ । मंगलबार साँझसम्म भारतमा २१६ जना ओमिक्रोनको संक्रमण देखिएको छ । १०० केस पुग्न १५ दिन लागेको भारतमा अहिले ५ दिनमा नै २०० भन्दा बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म १४ राज्यमा यो संक्रमण देखिएको छ । महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या बढी छ । त्यहा अहिले सम्म ६५ जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै भारतको राजधानी दिल्लीमा अहिले सम्म ५४ जनामा यो भेरीएन्ट देखिएको छ । महाराष्ट्र- ६५ दिल्ली- ५४ तेलंगाना- २० कर्नाटक- १९ राजस्थान- १८ केरल- १५ गुजरात- १४ जम्मू कश्मीर- ३ उड़ीसा- २ यूपी- २ तमिलनाडु- १ आंध्र प्रदेश- १ प. बंगाल- १ चंडीगढ़- १  
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update