हिमाल दैनिक
कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा यसबाट १३ जनाको मृत्यु भएको छ । यसबाट अहिले सम्म कुल १४ जनाको मृत्यु भएको छ। बिश्व स्वास्थ्य संगठनले ओमिक्रोनको संक्रमण बढ्दै जाने चेतावनी दिइसकेको छ । ओमिक्रोन भाइरस २० देखि ३० बर्षका युवाहरु बीच बढी फैलिदै गएको संगठनले जनाएको छ । यसबाट सबै भन्दा बढी युकेमा प्रभावित गरेको छ । युकेमा १२ जना संक्रमितको मृत्यु भएको बताइए पनि ब्रिटिश सरकारले ओमिक्रोनबाट केवल एक जनाको मात्र पुष्टि गरेको छ । त्यस्तै इजरायलमा पनि ओमिक्रोनबाट पहिले नै एक जनाको मृत्यु भएको छ । ६० बर्षिय उक्त संक्रमित दुई हप्तासंग अस्पतालमा उपचारत थिए । त्यस्तै अमेरिकाको टेक्सासमा पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य बिभागका अनुसार संक्रमितले कुनै खोप लागेका थिएनन। उनको उमेर ५० -६० बीच रहेको बताइएको छ । अमेरिकामा नयाँ कोरोना संक्रमितहरु मध्य ७३ प्रतिशत ओमिक्रोनको रहेको बताइएको छ। त्यहा एक हप्तामा नै ओमिक्रोनको केस ६ गुणाले बढेर गएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update