हिमाल दैनिक
ओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु भएपछि एक्सनमा आए राष्ट्रपति बाइडेन (भिडियो)
president-joe-biden
ओमिक्रोन भेरीएन्टको संक्रमण तीब्र रुपमा फैलिदै गएको छ । यसलाई मध्यनजर राख्दै मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले देशवासीको नाममा सम्बोधन गरेका छन् । मंगलबार ओमिक्रोनबाट टेक्ससमा एक संक्रमितको मृत्यु भएपछि राष्ट्रपति बाइडेनले सम्बोधन गर्दै ओमिक्रोनसंग लड्न अमेरिका तयार रहेको प्रतिक्रिया दिएका हुन् । जाडोको समयमा ओमिक्रोनको संक्रमण बढ्ने भएकाले राष्ट्रपति बाइडेनले नयाँ उपायबाट यससंग लड्न घोषणा गरेका छन् । मंगलबार अमेरिका ओमिक्रोनको संक्रमण तीब्र रुपमा फैलिएको छ । यससंग लड्न आफ्नो प्रशासन प्रर्याप्त रुपले तयार रहेको बाइडेनले बताए । व्हाइट हाउसबाट सम्बोधन गरेका राष्ट्रपति बाइडेनले यो भेरीएन्ट लिएर सबै गम्भीर हुनुपर्ने बताउदै सबै देशवासीलाई त्रसित नहुन आग्रह गरे । 'यो २०२० को मार्च होइन । अहिले करिव २ मिलियनभन्दा बढीले खोप लगाई सकेका छन् । हामी तयार छौ । हामीले केवल संक्रमण कसरी फैलिन नदिने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ। " बाइडेनले भने । त्यस्तै राष्ट्रपति बाइडेनले खोप नलागेकालाई तत्काल खोप लगाउन समेत आग्रह गरेका छ। उनले असल नागरिकको परिचय दिन सबैले तत्काल खोप लगाउन आग्रह गरेका हुन् । उनले ओमिक्रोनबाट बच्न बुस्टर शट लिन समेत आग्रह गरेका छन् ।
के हो बाइडेन प्रशासनको योजना?
राष्ट्रपति बाइडेनले नयाँ योजनाको घोषणा गरेका छन् । जसमा अब शैन्य कर्मीलाई अस्पतालमा खटाइने छ। हाइ हिट राज्यमा शिपिंग आपूर्ति र निशुल्क नयाँ परिक्षण केन्द्र स्थापना संचालन गर्ने बाइडेन प्रशासनको योजना छ । सरकारले जनवरी र फरवरीमा आवश्यकता अनुसार एक हजार डाक्टर, नर्स र शैन्य चिकित्सक कर्मीलाई देशभर खटाइने बाताइएको छ। मिशिगन,इंडियाना,विस्कॉन्सिन, एरिजोना, न्यू हैम्पशायर जस्ता राज्यमा अतिरिक्त आपतकालीन दल पठाउने योजना छन् । त्यस्तै घरेलु परिक्षणमा पनि जोड दिने समेत बताइएको छ । एजेन्सीको सहयोगमा । https://youtu.be/7qaol4_h45M
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update