हिमाल दैनिक
बेलायतमा कोरोनाको कहर: एकै दिन एक लाखभन्दा बढीमा संक्रमण
uk-corona
बेलायतमा एकै दिन एक लाख भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा १ लख ६ हजार १२२ जनामा संक्रमण देखिएको छ । त्यस्तै बेलायतमा कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोन पनि तीब्र रुपमा फैलिएको छ । युरोपेली राष्ट्रहरु मध्य सबै भन्दा प्रभावित बेलायत बनेको छ । कोरोनाको महामारी सुरु भए यता अहिले सम्म एक लाख ४७ हजार ५७३ जनाको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी यसको चपेटामा आइसकेका छन् । बेलायत सरकारले सबैलाइ कोरोनाको तेस्रो डोज अर्थात् बुस्टर डोज लिन अपिल गरेको चाह । अहिलेसम्म ३० लाख भन्दा बढीले बुस्टर डोज लिईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म बेलायतमा ३७ हजार १०१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । बुधबार मात्र बेलायत सरकारले ११ बर्षको बच्चाका लागि फ़ाइजरको कोभिड-१९ खोपको अनुमति दिईसकेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update