हिमाल दैनिक
दक्षिण अफ्रिकामा संक्रमण दरमा कमी
soth-africa-coronaa-omicron
दक्षिण अफ्रिकामा कोरोना संक्रमणको दरमा कमी आएको छ । कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोन सबै भन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको थियो । पछिल्लो हप्ता देखि दक्षिण अफ्रिकामा यस संक्रमणमा कमी आएको छ । सुरुमै ओमिक्रोनको चपेटामा परेको दक्षिण अफ्रिकामा अहिले संक्रमणको दर २२ प्रतिशतले घटेको छ । पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा २१ हजार ९९ जनामा संक्रमण देखिएको छ । अघिल्लो हप्ताको बुधबार २६ हजार ९७६ मा संक्रमण देखिएको थियो । संक्रमणको दर घटेपनि मृत्यु दर भने अघिल्लो हप्ताको तुलनामा बढेको छ । अघिल्लो हप्ता ५४ जनाको संक्रमणबाट मृत्यु भएको थियो भने यस हप्ता ९९ जनाको मृत्यु भएको छ । अहिलेसम्म दक्षिण अफ्रिकामा ३३ लाख ५३ हजार १०६ यसको चपेटामा परेका छन् भने यस बाट ९० हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update